You are viewing the translated version of विदेशबाट नेपालको बाटो प्रयोग गरी सोही मुलुकमा लैजाने वस्तुको महसुल सुविधा.
Section 11
विदेशबाट नेपालको बाटो प्रयोग गरी सोही मुलुकमा लैजाने वस्तुको महसुल सुविधा
(१) ऐनको दफा १३ को उपदफा (५) बमोजिम विदेशी मुलुकबाट नेपालको बाटो प्रयोग गरी सोही मुलुकको अर्को भागमा कुनै वस्तु लैजान चाहने वस्तु धनीले नेपालको बाटो प्रयोग गर्नु पर्ने कारण, नेपालभित्र पैठारी गर्ने र नेपालबाट निकासी गर्ने भन्सार कार्यालयको नाम र वस्तुको विवरण सहित विभागमा निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम _प्राप्त निवेदनको व्यहोरा मनासिब देखिएमा विभागले मन्त्रालयको स्वीकृतिमा भन्सार महसुल नलिई त्यस्तो वस्तु विदेशबाट नेपालको बाटो गरी सोही मुलुकको अर्को भागमा लैजान अनुमति दिनेछ। त्यसरी अनुमति दिनु अघि विभागले सम्बन्धित मुलुकको नेपालस्थित दूतावास वा कूटनीतिक . नियोगको सिफारिसपत्र माग गर्न सक्नेछ।
(३) उपनियम (२) बमोजिम अनुमति प्राप्त गरेपछि वस्तु धनीले त्यस्तो अनुमति संलग्न गरी वस्तुको साथ प्रज्ञापनपत्र भरी सम्बन्धित भन्सार कार्यालयमा पेस गर्नु पर्नेछ। त्यस्तो -प्रज्ञापनपत्रमा सो वस्तु कुन भन्सार कार्यालयबाट पुनः- विदेशमा निकासी गर्ने हो सो क्रा समेत स्पष्ट खुलाउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम प्रज्ञापनपत्र प्राप्त हुन आएमा सम्बन्धित भन्सार कार्यालयले त्यस्तो वस्तुको विवरण खुलाई आफ्नो कार्यालयको सील लगाई सो वस्तु विदेशी मुलुकको कुनै भागबाट नेपालको बाटो गरी सोही मुलुकको अर्को भागमा लैजाने गरी निर्दिष्ट स्थानमा पुच्याउन बढीमा सात दिनको बाटाको म्याद तोकी सोही व्यहोरा प्रज्ञापनपत्रमा खुलाई एक प्रति प्रज्ञापनपत्र वस्तु धनीलाई दिई विभागको अनुमति बमोजिम वस्तु लैजान दिनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम दिएको प्रज्ञापनपत्र र सो बमोजिमको वस्तु तथा ढुवानी सम्बन्धी कागजात निकासी हुने भन्सार कार्यालयमा पेस हुन आएमा र सबै विवरण भिडाउँदा ठीक देखिएमा सो भन्सार कार्यालयले भन्सार महसुल नलिई सोही व्यहोरा प्रज्ञापनपत्रमा जनाई त्यस्तो वस्तु निकासी गर्न अनुमति दिनेछ र सो प्रज्ञापनपत्रको एक प्रति संलग्न गरी पैठारी गर्ने भन्सार कार्यालयलाई : तीन दिनभित्र जानकारी पठाउनु पर्नेछ।
(६) उपनियम (५) बमोजिम जानकारी प्राप्त भएपछि पैठारी गर्न दिएको भन्सार कार्यालयले वस्तु धनीबाट पहिले नगद धरौटी लिएको भए सो धरौटी फिर्ता दिनु पर्नेछ।
तर पहिले पैठारी भएको वस्तु आंशिक रूपमा मात्र निकासी भएको पाइएमा निकासी नभए जति वस्तुमा लाग्ने महसुल नगद धरौटी राखेको भए धरौटीबाट कट्टा गरी असुल गर्नु पर्नेछ र वस्तुमा लाग्ने महसुल धरौटी नराखेको भए सम्बन्धित व्यक्तिबाट असुल गर्नु पर्नेछ।
(७) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि: नेपालमा पैठारी गर्न निषेध गरिएको वस्तु विदेशबाट नेपालको बाटो प्रयोग गरी सोही मुलुकको अर्को भागमा लैजाँदा नेपाल सरकार र सम्बन्धित मुलुकको सरकारका बीच कुनै द्विपक्षीय सन्धि वा सम्झौता भएको रहेछ भने त्यस्तो सन्धि वा सम्झौताका व्यवस्था पूरा गर्नु पर्नेछ।